सिरहा । सिरहाको लहान नगरपालिका २२ गम्हरियामा बिहेभोजमा खाना पकाउन प्रयोग गरिएको गयास सिलिन्डर पड्किएर आगलागी भएको छ। आगलागीबाट बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसमान जलेर नष्ट भएका छन्।
राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पडकिएर आगलागी भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए। उनका अनुसार चौधरीले छोरीको बिहेका लागि ल्याएका ८ लाख बराबरको सरसमान, २ लाख नगद र डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको छ।


