नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ

खोटाङ, १४ पुस । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचु...

प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ : सम्मेलन प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम

खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ । बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता...

नुनथलाकी विरस तामाङ : जसले चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तरसम्म पढाए

खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर...

कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा

खोटाङ, ११ पुस । केपिलासगढी गाउँपालिका खोटाङले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने ऐतिहासिकस्थल केप...

सुमो दुर्घटनाका गम्भीर घाइते दुर्गाप्रसाद राईको उपचारको क्रममा मृत्यु

खोटाङ, १० पुस । सुमो दुर्घटनामा गम्भीर घाइते बन्नुभएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गा...

फेदीतर्फ जाँदै गरेको सुमो राँटीमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते

खोटाङ, १० पुस । केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा सुमो दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट यात्रु लिएर केपिलासगढी गाउँपालिका–१ फेदीतर्फ गइरहेको ना १ ज ७१८१ नम्बरको सुमो आज (दिउँसो) राँटीम...

पदमार्ग बनेपछि मञ्जुश्री गुफा जाने पर्यटकको सङ्ख्या वृद्धि

हरिबोल आचार्य खोटाङ, १० पुस । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको ...

शुभ खोटाङ यातायात प्रा.लि. द्धारा यातायात सेवा शुभारम्भ

खोटाङ, ९ पुस । शुभ खोटाङ यातायात प्रा.लि. बुइपा खोटाङले लामो तथा छोटो दूरीको यातायात सेवा शुरुवात गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १३ जना युवाले दशवटा सवारी साधन खरिद गरेर आज (मङ्गलबार)बाट लागू हुन...

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै भक्तपुरमा मृत फेला

खोटाङ, ८ पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला पर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य...

रसुवाघाट–सिम्पानी सडकखण्डमा कालोपत्रको काम शुरु

खोटाङ, ७ पुस । रसुवाघाट–पाँचधारे सडकखण्डको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७५ लाख ९८ हजार ६५७ मा उक्त सडक कालोप...