युवा संगठनका सहसंयोजक रमेश पौडेलले गरे रवि लामिछानेको सम्पत्ती छानविन गर्न माग

Halesi
0 Shares

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृसंगठन युवा संगठन नेपालका सहसंयोजक रमेश पौडेलले संचारकर्मी रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न माग गरेका छन् । युवा संघ नेपालका पुर्व अध्यक्षसमेत रहेका पौडेलले रवि लामिछाने प्रहरी हिरासतमा रहँदै गर्दा उनको सम्पत्ती श्रोतको छानविन हुनुपर्ने माग गरेका हुन् । सामाजिक संजाल फेसबुकमार्फत पौडेलले लामिछानेको सम्पत्ती छानविन गर्न माग गरेका हुन् । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रेकर्ड गराएका भिडियोमा समेत रवि लामिछानेले धम्क्याएर विभिन्न उद्योग बाट आर्थिक लाभ लिएको बताएका थिए ।

पुडासैनीको भिडियो र रुकू भनिने अस्मिता कार्कीको बयानको आधारमा संचारकर्मी रवि लामिछानेलाई विहीबार पक्राउ गरि अनुसन्धानको लागि चितवन पुर्याइएको छ ।

तपाईको प्रतिक्रिया