खोटाङ, १४ भदौ । नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको अध्यक्षमा सुनिता मगर चयन हुनुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा सम्पन्न नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको प्रथम जिल्ला अधिवेशनले सुनितालाई सर्वसम्मत् जिल्ला अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बशी थापामगर, सचिवमा लक्ष्मी आलेमगर र कोषाध्यक्षमा बबिता मगरलाई चयन गरेको छ । नेपाल मगर साँस्कृतिक सङ्घका कोशी प्रदेश अध्यक्ष रवि पुलामीमगरको सभापतित्वमा सम्पपन्न प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल मगर सङ्घका केन्द्रीय सदस्य तुफान आलेमगरले पद तथा गोपणीयताको शपथ खुवाउनुभएको थियो ।
नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङले जिल्लामा मगर संस्कार तथा संस्कृतिसँग गतिविधिलाई सक्रियताका साथ अगाडि बढाउँदै आएको छ । विभिन्न साँस्कृति कार्यक्रमसहित सम्पन्न मगर साँस्कृतिक सङ्घ खोटाङको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित समितिले मगर जातिको भाषा, भेषभुषा तथा संस्कार÷संस्कृतिको संरक्षण गर्दै मौलिक संस्कारलाई पुस्तान्तरणमा जोड दिने जनाएको छ ।


