सातजना उद्यमीको सहकार्यमा किबीको जाम उत्पादन शुरु

खोटाङ, १६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन शुरु गरिएको छ । स्थानीय सातजना उद्यमीहरुले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन शुरु गरेका हुन् । उद्योगबाट उ...

लालुपाते सहकारीका अध्यक्षबिरुद्ध ठगी मुद्दामा कारबाही गर्न निर्देशन

खोटाङ, १५ माघ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारबिरुद्ध रकम अपचलन र ठगी कसुरमा मु...

अरुण तेस्रो जलविद्युत आयोजना : साकेलामा मुआब्जा वितरण शुरु

खोटाङ, १३ माघ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण शुरु गरिएको छ । सङ्खुवासभामा निर्माणाीधन ४०० केभी क्षमताको अरुण ...

साकेलामा शिविरमार्फत रु ५५ लाख सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ, ११ माघ । साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता शिविरमार्फत वितरण गरेको छ । शिविरमा ४८१ जना लाभग्राहीका लागि बैङ्किङ प्रणालीमार्फत रु ५५ लाख २९ हजार ५०० सामाजिक सुरक्...

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

खोटाङ, १ माघ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोशी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमा...

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै गुरुङ दम्पती

खोटाङ, ३० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेता टनेलहरु लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जनबढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभे...

क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई सात दिनको समयसीमा

खोटाङ, २९ पुस । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयबाट यही पुस–२२ गते प्राप्त ...

हलेसीमा पर्यटक गाइड तालिम : अब आधिकारिक गाइडबाट मात्रै जानकारी लिन पाइने

खोटाङ, पुस २७ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम शुरु गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत...

साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण गर्न घरदैलो अभियान

खोटाङ, २७ पुस । साकेला गाउँपालिकाले शारीरिक रुपमा अशक्त भई बैङ्कसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न नसक्ने अवस्थाका लाभग्राहीको सहजताका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका ९० वर्षभन्दा माथिका जेष...

कोरोनाले बन्द भएको हरमटारको साप्ताहिक हटिया पुनः सञ्चालनमा

खोटाङ, २३ पुस । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्नेक...