प्रहरीमाथि जाईलागेपछि गोंगबुमा गोली चल्यो

Halesi

काठमाडौं। गोंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेको भन्दै प्रहरीले गोली चलाएको छ। मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।

तामाङको खुट्टामा गोली लागेको छ। प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको जानकारी महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले दिए।

तपाईको प्रतिक्रिया