वाइडबडी प्रकरणका मुख्य नाइके कांग्रेस सभापति देउवालाई जेल हाल्नुपर्छ : अध्यक्ष पौडेल

Halesi

काठमाडौँ, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले वाइडबडी प्रकरणका मुख्य नाइके प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नेपालको कानुन अनुसार हदैसम्मको कारवाही गर्दै जेल हाल्न पर्ने बताउनुभयो । भक्तपुरमा शनिवार आफ्नो कार्यकर्तासँगको छलफलमा अध्यक्ष पौडेलले देशमा भएका सवै घोटला प्रकरणहरु नेपाली काग्रेसको नेतृत्वमा नै भएकाले कांग्रेस देश र जनताको पार्टी नभई भ्रष्ट, सामन्ती, शोषक तथा गुण्डागर्दीको पार्टी भएको बताउनुभयो ।

२०७४ जेष्ठ २४ गते सभापति देउवा प्रधानमन्त्री तथा पर्यटन मन्त्री भएको र सोही २९ गते वाइडबडीको रकम निकासा गर्न सिफारिस गरेका थिए । देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी प्रकरणमा ग्लोवल टेण्डरको माध्मबाट नेपालको एकमात्र आधिकारीक व्यक्ति स्वयम् सभापति देउवाको सालो (भाई) भुषण राणा रहेका थिए । वाइड वडी प्रकरणमा आधिकारीक व्यक्ति राणा रहेको र जसको लागी सम्पूर्ण डिलिङ भने सभापति देउवा कै श्रीमती आरजु देउवाले गरेको तथ्य भेटीएको छ । आफ्नै पारिवारीक नियन्त्रणमा लिई देशलाई डामाडोल बनाई अरु निर्दोश व्यक्तिलाई दोषी देखाउने कार्यमा सभापति देउवा तल्लीन रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

अध्यक्ष पौडेलले वर्षौ लामो समयको योजनामा सभापति देउवाले उक्त घोटला गरेको समेत बताउनुभयो । उहाँले उक्त वाइड बडी प्रकरणमा घोटलावाजी सभापति देउवा र उनकी श्रीमति आरजु देउवाको रहेको बताउँदै वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारीको प्राविधिक कमजोरी भएको बताउनुभयो । नेपाल वायु सेवा निगमलाई डुवाउने खेलमा कांग्रेस तल्लिन रहेको भन्दै अध्यक्ष पौडेलले लेखा समिति तथा उपसमितिले तयार पारेको प्रतिवेदन हावादारी भएको समेत बताउनुभयो । उहाँले उक्त प्रतिवेदन सुनियोजित रुपमा आफ्नो गल्तीलाई लुकाउन कांग्रेसले आफ्नो अस्त्रको रुपमा प्रयोग गरेको दावि गर्नुभयो ।

‘सभापति देउवा, उनकी श्रीमति आरजु देउवा तथा उनको सालो (भाई) भुषण राणा वाइड बडी प्रकरणका मुख्य योजनाकार हुन । लेखा समितिका सभापति भरता शाह, उपसमितिका सभापति राजेन्द्र केसीलाई निलम्बन गर्दै हदैसम्मको कारवाही हुनुपर्छ’ अध्यक्ष पौडेलले भन्नुभयो । पानी माथिको ओभानो बन्ने प्रकृयामा कांग्रेस सभापति देउवा लागेको भन्दै अध्यक्ष पौडेलले गलत तथा सुनियोजित रुपमा कसैको व्यक्तिगत तथा सरकारले गरेको काम कारवाहीलाई नै प्रभावित पार्ने योजनाका साथ तयार पार्ने लेखा समितिका सभापति भरत शाह तथा उपसमितिका सभापति राजेन्द्र केसीलाई निलम्बन गरी तत्काल कानुनी कारवाही गर्न माग समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संसदिय समितिको गरिमा माथि भ्रामक, तथ्यहिन, आधारहिन प्रतिवेदन तयार पारी सरकारको विकास र समृद्धिको बाटोमा अवरोध गर्ने प्रकारको सुनियोजित षड्यन्त्रकारी प्रतिवेदन तयार पार्ने व्यक्तिहरुलाई निलम्बन गर्नुपर्छ । कानुनी राज्यको नजिर स्थापना गर्न कडा कारवाहीको विकल्प छैन ।’ उहाँले नेपाली कांग्रेसले जहिले पनि हवाई तथा नागरिक उड्ययन क्षेत्रलाई राष्ट्रिय ध्वाजावाहक एयरलाइन्सलाई माफिया तथा वर्वाद पार्ने कार्यमा तल्लिन रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया