खोटाङ – प्रगतिशील लेखक संघ खोटाङको अध्यक्षमा चित्र कुमार सुवेदी चयन भएका छन् । ‘समस्त प्रगतिशील लेखकहरु एक हौं’ भन्ने नारासहित शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभा हलमा भएको संघको तेस्रो जिल्ला सम्मेलनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन् ।
१५ सदस्यीय चयन भएको समितिको उपाध्यक्षमा मीनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई (सर्वहारा) चयन भएका छन् । यस्तै, संघको सह–सचिवमा सीता थुलुङ र कोषाध्यक्षमा क्रान्ति श्रेष्ठ चयन भएका छन् ।