हवाई भाडा घट्यो, कहाँको कति छ ?

Halesi
0 Shares

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि आइतबारबाट लागू हुने गरी भाडा घटाएका छन्।

आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्वज थापाले जानकारी दिए।

संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ। घटेको भाडा अनुसार आइतबारदेखि नयाँ भाडादरमा यात्रुले उडान गर्न पाउने छन्। यस्तो हवाई इन्धनको मूल्य घटेकोले फ्युल चार्जवापतको शुल्क घटाउँदा हवाई भाडा पनि घटेको संघले जानकारी दिएको छ ।

संघका अनुसार सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ। सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ। काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ। आन्तरिक उडानमा काठमाडौं सिमरा सबैभन्दा छोटो दूरीको ९२० मिनेट० र काठमाडौं धनगढी सबैभन्दा टाढा ९सवा घण्टा०को गन्तव्य मानिन्छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ ।

तपाईको प्रतिक्रिया