खोटाङ, २५ पुस । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणको काम अघि बढेको छ । अमेरिकी संस्था डि टु एन फाउण्डेसनको आर्थिक सहयोगमा निर्माण शुरु गरिएको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन बुधबार प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले शिलान्यास गर्नुभयो ।
आगामी वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणको काम अघि बढाइएको छ । फाउण्डेसनको रु. ५८ लाख र स्थानीयको २० प्रतिशत श्रमदानबाट वर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माणको काम पूरा गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण राईले बताउनुभयो ।
फलामे ट्रष्ट जोडेर निर्माण गरिने स्वास्थ्यचौकीको आठ कोठे भवनको छाना जस्ताको हुने उपभोक्ता समितिले जनाएको छ । भवनसँगै दुई वटा शौचावलय समेत निर्माण गरिने जनाइएको छ ।
नवज्योती युवा समाजको प्रस्ताव र साझेदारीमा स्वास्थ्यचौकीको भवन निर्माणको काम अघि बढाइएको डि टु एन फाउण्डेसनका खोटाङ संयोजक जीवन गिरीले बताउनुभयो ।
वर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी भवन शिलान्यास
Halesi
तपाईको प्रतिक्रिया
- १. मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने
- २. साकेलाले माग्यो विद्यालय बन्द गराउनुको कारणसहित शिक्षकसँग स्पष्टीकरण
- ३. पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार
- ४. Pin-Up Casino Официальный сайт в Росси
- ५. पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
- ६. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’