रेशम चौधरीको सपथ ३ बजेलाई सारियो

Halesi
0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम ३ बजेलाई सारिएको छ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार डिल्लीबजार कारागारबाट चौधरीलाई ल्याउने प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भएकाले सपथ ग्रहणको कार्यक्रम तीन बजेसम्मलाई सारिएको हो ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बतायो ।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्।

तपाईको प्रतिक्रिया