नेकपाका नेता आचार्यको काठमाडौंमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार आउनेक्रम जारी

Halesi

खोटाङ, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुमार आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । दिक्तेलस्थित आफ्नै घरमा अकस्मात बिरामी भएपछि अस्पताल भर्ना गरिएका आचार्यको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ ।
तत्कालीन नेकपा (एमाले)का जिल्ला उपसचिव समेत रहेका आचार्यलाई उच्च रक्तचापका कारण बिरामी भएपछि मंगलबार हेलिकोप्टरमार्फ काठमाडौं लगिएको थियो । आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएपनि बढी नबोल्न स्वास्थ्यकर्मीले सुझाव दिएको भाइ डम्बर आचार्यले जानकारी दिएका छन् ।
नेता आचार्य अस्वस्थ भएपछि उनको स्वास्थ्य लाभको कामनासहित सामाजिक सञ्जालमार्फत आफन्तले शुभकामना व्यक्त गरिरहेका छन् । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील आचार्यलाई जिल्लाका असल नेताका रुपमा चिनिन्छ ।

तपाईको प्रतिक्रिया