आचार्य बन्धु समाज बागमती अधिवेशनको अन्तिम तयारी पुरा, १३ जिल्लाका प्रतिनिधि काठमाडौंमा

Halesi Khabar

आचार्य समाज बागमती प्रदेशको अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको समाजका बाग्मती अध्यक्ष जयराज आचार्यले जानकारी दिएका छन् । ३ सयभन्दा बढी बागमतीका आचार्य प्रतिनिधिहरू उपस्थिति हुने अनुमान समाजले गरेको छ ।

बागमती प्रदेश अन्तर्गत १३ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली, मकवानपुर, नुवाकोट, धादिगं, चितवनका प्रतिनिधिहरूको सहभागी तामा अधिवेशन सम्पन्न हुन गइरहेको र उक्त अधिवेशनमा व्यापक उपस्थिति रहने दाबी समाजका केन्द्रीय महासचिव शुभनराज आचार्यले बताए । गोरखा, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लमा समाज गठन भइसकेको र बाँकीमा गठन हुने प्रक्रियामा रहेको बताए ।

भर्खरै काठमाडौँ जिल्ला अधिवेशन सम्पन्न गरिएको भन्दै समाजले बागमतीलगायत देशभरका ७७ वटै जिल्ला, ७ प्रदेश र आवश्यक परेमा स्थानीय तहमासमेत आचार्य बन्धु समाज नेपाल गठन गरेर अगाडी गर्ने लक्ष समाजले लिएको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए ।
अधिवेशन कार्यक्रम डिल्लीबजार चारखालस्थीत सिद्धि पोलिक्लिनिकको पारिपट्टि रहेको ईचिबान मल्टिकियुसाईन एण्ड मल्टीपर्पोज भेन्युमा दिनको ठिक ३ बजे सुरु हुने बताइएको छ ।
कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू एवम् काठमाडौँ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निबार्चित प्रमाणपत्रको हस्तान्तरणको कार्यक्रमसमेत रहेको छ ।

समाजले यही भदौ १ गते जिल्ला अधिवेशन गरेको अवस्थामा १६ गतेका लागि प्रदेश अधिवेशन तोकेको थियो । आचार्य समाज छोरी–बुहारी बिभागको आयोजनामा भदौ २३ गतेका लागि भव्य दर खाने कार्यक्रम रहेको छ । सम्पर्कका लागि अध्यक्ष जयराज आचार्य (९८५१०८१२४४), आजीवन सदस्य एवम् अधिवक्ता लक्ष्मण आचार्य (९८५१०५१७६३) तथा बागमती प्रदेश सदस्य प्रकाश कुमार आचार्य(९८४३०४६८६८) लाई तोकिएको छ । समाजले अधिवेशन कार्यक्रम सभ्य र भव्य हुने अनुमान गरेको छ ।

 

तपाईको प्रतिक्रिया