खोटाङ, १८ मंसिर । बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका हुन् ।
टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए । चालक र सहचालक सहित पाँच जना सवार बस सडकमै पल्टिएको छ ।
खाेटाङमा बस दुर्घटना हुँदा चार घाइते
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. साकेलामा शिविरमार्फत रु ५५ लाख सामाजिक सुरक्षाभत्ता वितरण
- २. नुनथला बस दुर्घटना : सातजना घाइते, सबैजनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुँदै
- ३. खोटाङको पहिचान : ‘घङ्गरुको लौरो’ लोप हुने अवस्थामा !
- ४. विद्यार्थीले विद्यालयमा लगाएको ताला पाँच दिनपछि खोलियो
- ५. दिप्रुङ चुइचुम्मामा जेष्ठ नागरिकलाई जाडो छल्न सिरक वितरण
- ६. उपमेयरले पत्रकारको मानमर्दन गरेको भन्दै पत्रकार महासंघले जनायाे ध्यानाकर्षण