प्रदेशसभा ‘क’ सदस्य निर्वाचन मत परिणामः एमालेका पाँचकर्ण राई ‘पीके’ एक हजार १३९ मत ल्याएर अग्रता

Halesi Khabar

खोटाङ, ७ मङ्सिर । प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकणर् राई ‘पिके’को अग्रता क्रमशः बढ्दै गएको छ । संविधानसभा सदस्यसमेत रहनुभएका पिकेले नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई भन्दा एक हजार १३९ मत ल्याएर अग्रता बढाउनुभएको हो ।
अठ्ठाइस हजार ७२३ मत गणना गर्दा पिकेले ११ हजार ८४५ मत प्राप्त गर्नुभएको छ भने, वीरबलकाजीले दश हजार ७०६ मत प्राप्त गर्नुभएको छ । यस्तै, स्वातन्त्र उम्मेदवार धर्मराज पोख्रेलले दुई हजार ४९० मत प्राप्त गर्नुभएको भने, जनता समाजवादीका राकेश राइले दुई हजार १६४ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ३२५ मत प्राप्त गर्दा एक हजार ३८९ मत बदर भएको छ । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१ दिक्तेल वडा-२ सोल्मा र वडा-३ बाम्राङको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया