प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई ‘पिके’को अग्रता

Halesi Khabar

खोटाङ, ७ मङ्सिर । प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’को अग्रता क्रमशः बढ्दै गएको छ । संविधानसभा सदस्यसमेत रहनुभएका पिकेले नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई भन्दा एक हजार २७१ मत ल्याएर अग्रता बढाउनुभएको हो ।

बीस हजार ४८५ मत गणना गर्दा पिकेले आठ हजार ३८१ मत प्राप्त गर्नुभएको छ भने, वीरबलकाजीले सात हजार ११० मत प्राप्त गर्नुभएको छ । यस्तै, स्वातन्त्र उम्मेदवार धर्मराज पोख्रेलले एक हजार ६३९ मत प्राप्त गर्नुभएको भने, जनता समाजवादीका राकेश राइर्ले एक हजार २१० मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माले)का पदमप्रसाद आचार्यले ९७२ मत प्राप्त गर्दा एक हजार १९ मत बदर भएको छ । अहिले हलेसी तुवाचुङ नगरपालिकाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया