ऐेसेलुखर्क गाउँपालिकामा शुरु भयो मतदान

Halesi Khabar

खोटाङ,४ मंसिर  । जिल्लाको ऐसेलुखर्क गाउँपालिका-७ माक्पाको लेवास्थित भानु माध्यमिक विद्यालयमा आइतबार विहान सात बजेबाट मतदान शुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वडा -७ माक्पाका वडाध्यक्ष अरुण राईबाट मतदान शुभारम्भ भएको मतदान अधिकृत युनिक सौ धन राई (युनिक साम्पाङ) ले हलेसी खबरलाई बताउनुभयो ।

मतदान अधिकृत राईका अनुसार मतदान केन्द्रमा पूरुष २ सय ७४ महिला २ सय ४९ गरी जम्मा ५ सय २३ जना मतदाताले मताधिकार उपयोग गर्न पाउने छन् । सो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८ कर्मचारी, प्रहरी सहायक निरीक्षकसहित ९ सुरक्षाकर्मी र ४स्वयमसेवक, स्वयमसेविकासहित २१ जनाको टोलि रहेका छन् ।

मतदान कार्य बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ भने अपरान्ह ५ बजे भित्र मतदान केन्द्र प्रवेश गरी सकेका मतदातालाई थप समयमासमेत मतदान गर्न दिइने मतदान अधिकृत राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया