चुनाबकाे मुखमा गठबन्धनलाई धक्का माओवादीका पुर्व केन्द्रीय सदस्य राई र कांग्रेसका उपसभापति खड्कासहित ५१ जना एमालेमा प्रबेश

Halesi Khabar

खोटाङ । खोटाङमा नेकपा (माओवादी) केन्द्रका पुर्व केन्द्रीय सदस्य जयकुमार राई र नेपाली कांग्रेसका उप-सभापती हरि खड्का एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार खोटेहाङ गाउँपालिकास्थित इन्द्रेणीपोखरीमा आयोजित नेकपा (एमाले) को वृहत् चुनावीसभामा नेपाली कांग्रेसका खोटेहाङ गाउँपालिकाका उपसभापति खड्का र माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य राई एमाले प्रवेश गर्नुभएको हो ।
यस्तै, नेपाली कांग्रेसका पुर्व गाविस सभापती पदमकेशर राई र तरुणदल जिल्ला सदस्य भाविराज राई (तेजप्रसाद ) सहित एकै दिन ५१ जना एमालेमा प्रबेश गरेका छन् ।
नवप्रवेशिहरुलाई नेकपा (एमाले) का निर्वतमान प्रमुख सचेतक एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराई र प्रदेशसभा `ख´ का उम्मेदवार रामप्रसाद दंगालले फुलमाला साथै अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने एमाले खोटाङका उपसचिव एवम् निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर -२ का संयोजक दीपनारायण रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया