खाेटाङकाे हलेसीमा कांग्रेस र माओबादी परित्याग गरि १८ जना एमाले प्रबेश

Halesi Khabar

कात्तिक २९, हलेसी । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस र माओवादी परित्याग गरी १८ जना (एमाले)प्रवेश गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका- ७ हलेसी मन्दिरकाे प्राङ्गणमा भएकाे एमालेको चुनावीसभामा १८ जना प्रबेश गरेका हुन् । नबप्रबेशीहरूलाई एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले फुलमाला लगाएर स्वागत गरेका थिए ।

प्रबेश गर्नेहरूमा नेपाली काँग्रेसवाट भाबिराज राई, बाबुराम कार्की,दिपक पुरी,निर्प अधिकारी,मोहन कुमार अधिकारी,चित्र कुमार अधिकारी,राम बहादुर राई,प्रकाश अधिकारी,साबित्रा बिक,लिलामाया बिक लगाएत रहेकाे छन् भने, माओवादी केन्द्रबाट दुर्गा मगर,लिला मगर,देबेन्द्र तामाङ ,उमेश तामाङ र खम्बुवान पार्टीका बिर्ख बहादुर राई पनि एमालेमा प्रबेश गरेका छन् ।
नव प्रवेसीलाई क्षमता र याेग्यताकाे आधारमा पार्टीले उचित जिम्मेवारी दिने (एमाले) खाेटाङका सचिव कुमार आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया