कांग्रेसका वडा सभापति राईसहित दश जना एमाले प्रवेश

Halesi Khabar

खोटाङ,२८ कात्तिक । नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिका-३ काहुलेका वडा सभापती सुकदेव राई एमाले प्रवेश गरेका छन् । सोमबार गाउँपालिकास्थित चिसापानीबजारमा आयोजित एमालेको बृहत् चुनावी आमसभामा वडा सभापति राई सहित नौ जना एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, नेकपा (माओवादी ) केन्द्र पार्टीमा क्रीयाशिल कर्णबहादुर नेपाली एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्र विचारहिन र अग्रगामी भएको आरोप लगाउदै आफुहरु एमाले प्रवेश गरेको नवप्रवेसी नेपालिले बताउनुभयो ।

  1. नवप्रवेशिहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने एमाले खोटाङका उपसचिव दिपनारायण रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया