समता फुटबल प्रतियोगिता शनिबारबाट शुरु हुँदै, प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

Halesi Khabar

खोटाङ, २४ भदौ । समता फुटबल क्लब खोटाङको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको प्रतिष्पर्धा हुने समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिनुभयो ।

उद्घाटन खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नमस्ते सुपर खोटाङ यातायात प्रालिबीच हुने छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र वींगर्सलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव सुमन हिङमाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया