एक महिनामा ६ सय सवारी साधन कारबाहीमा : चार लाख बढी राजश्व सङ्कलन

Halesi Khabar

फाइल तस्वीर

खोटाङ, १ असार । ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न यातायातका साधनका सवारीधनीलाई कारबाही गरेको छ । नियम विपरित चलाइएका ६ सय सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरी एक महिनामा ४ लाख ११ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो ।

ट्रफिक प्रहरी कार्यालयका अनुसार ४७ वटा ट्रकबाट ३० हजार ५००, ६ वटा बसबाट ३ हजार ५००, ९ वटा टिपरबाट ६ हजार ५००, ४५ वटा ट्याक्टरबाट २९ हजार ५००, ९ वटा टेम्पुबाट ६ हजार ५००, २ सय ३५ वटा मोटरसाइकलबाट १ लाख ७९ हजार ५०० र २ सय ४९ वटा टाटा सुमो जिपबाट १ लाख ५५ हजार ५०० राजश्व सङ्लन गरिएको ट्राफिक प्रहरी कार्यालय खोटाङका सहायक प्रहरी निरीक्षक दलबहादुर खत्रीले बताउनुभयो ।

सवारी चालक अनुमति पत्र(लाइसेन्स) विना चलाइएका ६५ वटा सवारी सधानका सवारी धनिलाई कारबाही गर्दा ६५ हजार, मादक पदार्थ (मापसे) गरी सवारी चलाइएका ८ वटा सवारी साधनका सवारीधनीलाई कारबाही गर्दा ८ हजार, सवारी साधन चलाउदा आवश्यक कागजात पत्र नभएका ३ सय ५८ वटा सवारी सधानका सवारी धनिलाई कारबाही गर्दा २ लाख ३८ हजार ५०० र लापरवाही गरी चलाइएका १ सय ६८ वटा सवारी सधानका सवारी धनिलाई कारबाही गर्दा १ लाख रुपैयाँ राजश्व सङ्कलन भएको बताइएको छ । एक महिनाको बीचमा ट्राफिक नियम उलङ्घन गर्ने विभिन्न ६०० यातायातका सवारी साधनलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

जेठ महीनामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया