निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण, सिङ्गो एमालेजनमा छायो खुसियाली

Halesi Khabar

खोटाङ, ३० पुस । नेकपा एमाले खोटाङको पुस २४ मा सम्पन्न सातौं जिल्ला अधिबेशनवाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । निर्वाचित भएको सात दिन पछि अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।                                         सदरमुकाम दिक्तेल स्थीत पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् ।

एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एबं जिल्ला सह–ईन्चार्ज, प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिईन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया