सम्पर्क मञ्चका अध्यक्ष सहित दर्जन बढी एमाले प्रवेश, माओबादीलाई लाग्यो धक्का

Halesi Khabar

खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पछिल्लो समय एमाले प्रबेश गर्नेको ओईरो लाग्ने गरेको छ । वडा, नगर, जिल्ला र केन्द्रको अधिबेशन सकिए लगतै एमाले प्रति जनताको झन आकर्षण बढेकोले पार्टी प्रबेश गर्नेको ओईरो लाग्ने गरेको हो ।

आज काठमाण्डौको कोटेश्वरमा भएको एक कार्यक्रममा १५ जना एमाले प्रबेश गरेका छन् । नेकपा माओबादी केन्द्र केपिलासगढी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष विबेक राईको नेतृत्वमा १५ जना माओवादी कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।  प्रबेश गर्नेहरुमा केपिलासगढी निबासी जनक राई, संगम राई, डाईमन राई, भिजन राई, प्रमेश कार्की, मिलन राई, महेश श्रेष्ठ, संदेश राई, अनिल बिक, साम्वान शेर्पा, एलिन कार्की, अञ्जन राई लगाएत रहेका छन् ।

नब प्रबेशिहरुलाई एक कार्यक्रमबिच एमाले पोलिटव्यूरो सदस्य एवं खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य कर्ण घले, जिल्ला सदस्य कृष्णकुमार राई लगाएतले खादा माला र अबिर लगाएर स्वागत गर्नु भएको थियो । पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिईने जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । केपिलासगढीमा यो भन्दा अघि पनि सयौं युवाहरु एमालेमा प्रबेश गरेका थिए ।

तपाईको प्रतिक्रिया