प्रेस चाैतारी खाेटाङद्वारा एमाले खाेटाङका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

Halesi Khabar

खोटाङ, २८ पुस । प्रेस चौतारी नेपाल खोटाङले नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्र कुमार राई लगायतलाई बधाई तथा शुभकामना दिएको हो ।

होटल शुभदिनमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रेस चौतारी नेपालका खोटाङ इन्चार्ज एवम् केन्द्रीय सदस्य हरिवोल आचार्यले खादा र दोसल्ला ओढाएर मायाँको चिनो हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिनुभयो । चौतारीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी, प्रेस युनियनका सभापति उत्तम चौलागाई, प्रेस सेन्टरका निवर्तमान जिल्ला अध्यक्ष सुर्य तामाङ, पत्रकार महासङ्घका अध्यक्ष दिलिप खत्रीलगायतका पत्रकारहरुले नवनिर्वार्चित पदाधिकारलाई बधाई तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया