प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

Halesi Khabar

गौरादह, १९ पुस । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल सर्बसहमत निर्वाचित भएका छन् । आज सम्पन्न भएको ९ औँ जिल्ला अधिबेशनले गदाल सर्वसम्मत अध्यक्ष्मा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई निर्वाचित हुनुभयो ।
यस्तै,सदस्यहरुमा भुमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे लगायत रहनुभएको छ ।

अधिबेशनको उद्घाटन नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो ।
अधिवेशन उद्घाटन सत्रमा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासघं झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया