गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुँदै

Halesi Khabar

काठमाडौँ । गोकर्णेश्वरमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अल नेपाल युवा क्लब, काठमाडौँ गोकर्णेश्वर–४ को आयोजनामा आगामी माघ १७ देखि १९ गतेसम्म आरुबारीमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय भलिबल ‘फीभ्ब’ को नियमानुसार टीटी सिस्टममा खेलाइने खेलको लागि टीम दर्ता शुल्क ६ हजार रुपैँया लाग्नेछ । माघ १७ गते बिहान १० बजेसम्म टीम दर्ता गराइसक्नुपर्ने र टीममा एकजना भन्दा बढी राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमले क्रमशः १ लाख, ५० र २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित खेलाडीले पनि ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, डिफेन्डर, लिफ्टर, ब्लकरले पनि ट्रफी, मेडल र प्रमाणपत्र नै प्राप्त गर्ने छन् । आयोजककाअनुसार सहयोग गर्ने संस्था वा व्यक्तिहरूको नाम सहयोग राशीअनुसार प्रयोजक वा सह–प्रायोजकका रूपमा सूचीकृत गरिनेछ ।

तपाईको प्रतिक्रिया