एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

Halesi Khabar

चितवन, १४ मंसिर । नेकपा एमालेको सात सचिव निर्वाचित हुनुभएको छ । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनुभएको हो ।

गोकर्णले १९७६ मत पाउनुभएको छ । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो ।

योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाउनुभएको छ । लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाउनुभएको छ ।

सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिनुभएका भीम आचार्य र टंक कार्की भने पराजित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया