कांग्रेस खोटाङको मत परिणाम सभापतिमा ७ मतले विष्णुकुमार अघि

Halesi Khabar

फाइल तस्वीर

खोटाङ, ९ मंसिर । नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा ७ मतले विष्णुकुमार राई अघि बढेका छन्। बिहीबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भईरहेको मत गणनामा सभापतिका प्रतिस्पर्धी विष्णुकुमारको २४४ मत आएको छ। अर्का सभापतिका उम्मेद्वार सर्वधन राईको २३७ मत आएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ सय मत गन्दा पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमारले ७ मतले पूर्व राज्यमन्त्री सर्वधनलाई पछि पारेको छ। यसअघि ४ सय मत गन्दा सर्वधन ४ मतले अघि बढेको थियो।

१ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको थियो। सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्।

विष्णुकुमार प्यानलको उपसभापति इवन राईले २६८, तीर्थराज भट्टराईले २८०, सचिव समिर राईले २५१ र ज्ञानेन्द्र जोशीले २३५ तथा सह-सचिव सार्जन राईले २१९ र शालिकराम बन्जाराले २२९ मत ल्याएका छन्।

यस्तै, सर्वधन प्यानलको उपसभापति मनोज तिम्सिनाले २११, राजन सैजुले १४४ सचिव रामकुमार राई साम्पाङले २०४, रोजन राईले २०० र सह-सचिव ध्यान वहादुर राईले २१४, राजकुमार राईले २१२ मत ल्याएका छन्।

१ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको थियो। सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्।

यस्तै, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्यहरुको पनि मत गणना भईरहेको छ। प्रत्येक पटकमा १०० मत गनेपछि नतिजा सुनाईदै आएको छ।

तपाईको प्रतिक्रिया