नेपाली कांग्रेस खोटाङको मत परिणाम यस्तो, सर्वधन राई १४९ विष्णुकुमार राई १४२ मत

Halesi Khabar

खोटाङ, ९ मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले अग्रता लिएका छन् । तीन सय मत गणना सकिँदा सभापतिमा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राई र अर्का उम्मेद्वार पुर्व सभापति बिष्णुकुमार राईभन्दा ७ मतले अगाडि देखिएका हुन् ।

राज्यमन्त्री राईले १ सय ४९ मत पाउँदा पुर्व सभापति बिष्णुकुमार राईले १ सय ४२ मत पाएका छन् । २ सय मत गणना सकिँदा १० मतले अघि देखिएका पुर्व सभापति ३ सय मत गणना हुँदा ७ मतले पछि परेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया