माओवादी केन्द्र रुपन्देही इन्चार्ज बण्जाडेको सवारी दुर्घटनामा मृत्यु

Halesi Khabar

बुटवल, ८ मंसिर । माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बण्जाडे (टंकमणी)को बुधबार बिहान सावारी दुर्घटनामा मृत्यु भएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मंगलबार राति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा गम्भीर घाईते भएकोमा उपचारका लागि बुटवल स्थित लुम्विनी सिटी अस्पतालमा लगिएकोमा अहिले ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो ।

घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।

जनयुद्ध काल देखिका नेता बञ्जाडे यस क्षेत्रमा प्रभावशाली मानिनुहुन्थ्यो । उहाँको घर अर्घाखाँचीको भूमिकास्थान ३ धारापानी हो ।

हाल उनी बुटवलको जितगढी बेलवास बसोवास गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया