जीप दुर्घटना हुँदा सात जना घाइते

Halesi Khabar

रसुवा, ७ मंसिर । रसुवास्थित पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा बुधबार साँझ यात्रुबाहक टाटा सुमो जीप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जीपले गोसाइँकुण्ड गाउँपालिका-६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेमध्ये दुई जनाको जिल्ला अस्पतालमा र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया