गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

Halesi Khabar

हलेसी खबर सम्वाददाता
गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको हो ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उहाँ गम्भीर घाइते भएका थिए । शनिबार दिउँसो कुटपिटबाट घाइते हुनुभएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी तथ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया