प्रश्नैप्रश्नको चङ्गुलमा रुमलिएको खोटाङ काँग्रेसका नेतृत्व

Halesi Khabar

–भीम राई
यतिबेला मुलुकभर राजनीतिक माहोल शुरु भएको छ । सबै दलहरु आफ्ना नियमित अधिवेशनहरुको तयारीमा जुटेका छन् । देशका प्रमुख दलहरु विशेषगरि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) आफ्नो महाधिवेशनको तयरीमा जुटेपछि अहिले गाउँगाउँमा राजनीतिक सारगर्मी बढेको हो ।

राजनीतिक दलहरुको आफ्नो वैधानिकता र पाँचवर्षे रणनीतिक कार्यक्रम र नयाँ नेतृत्वको लागि गाउँटोल बस्तीहरुमा छिरेका छन् । यसै पेरीफेरीमा खोटाङ जिल्लामा समेत यसको प्रभाव नपर्ने कुरै रहेन ।

एमाले र माओवादी केन्द्रको बारेमा पछि लेखुँला, अहिले भने काँग्रेस खोटाङ राजनीति खेलकुदका सानो समीक्षामात्र लेखुम । केही महिना अघिदेखि शुरु भएको देशकै पुरानो लोकतान्त्रिक पार्टीका रुपमा आफूलाई दाबी गर्ने पार्टी काँग्रेसको १४ औँ महाधिवेशनको रन्को शुरु भएको हो ।

वडा तहबाट अधिवेशनहरु शुरु गरेको काँग्रेसले, पालिकास्तरीय अधिवेशनसमेत गरिसकेको छ । यो दुईवटा अधिवेशनहरु सकाउँदा काँग्रेसभित्र खोटाङ चारवटा स्पष्ट लाइन देखिएको छ ।

संस्थापनपक्ष भनेर देखिएको पार्टी सभापति शेरबहादुर देउवालाइनमा सरस्वती बजिमय, सर्वधन राई, रोजन राई, मनोज तिमल्सिना, रविप्रकाश राईहरु खुलेर लागेका छन् । यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको लाइन वर्तमान जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वसभापति विष्णुकुमार राई, वर्तमान सचिव ज्ञानेन्द्र जोशीहरु खुलेर हिडेका छन् ।

यस्तै अर्को धार समेत बलियो उपस्थितिका साथ लागेको छ । त्यो हो शेखर कोइरालाको समूह । कोइरालाको लाइनमा सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, पूर्व जिल्ला सभापतिका प्रत्यासी वीरकाजी राई, ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौला, क्षेत्र नं २ का सभापति तीर्थ भट्टराईहरु लागेका छन् ।

यस्तै चौथो धारमा रहेको कृष्णप्रसाद सिटौलाको समूह समेत खोटाङमा दरिलोगरी उभिएको छ । खासगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राई, बराहापोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, लोकन्द्र राई लफ्याङहरुले यस्को व्यापक प्रचार अभियानमा देखिन्छ ।

यी चारवटै समूहबाट जिल्ला पार्टी सभापतिको दावेदारी रहनेकुरा रह्यो नै । यसअघि चर्चामा रहेको तीर्थ भट्टराई, इवन राई, भूपेन्द्र राईले उम्मेदवारीको तयारी गरेका थिए । पार्टीका वर्तमान सभापति नरेश श्रेष्ठको पनि स्वभाविक एक कार्यकाल दोहोरिन पाउने विधान त अधिकार भएकाले दावि नरहने कुरा भएन । सर्वधनराईको समेत नाम सार्वजनिक भइसकेको थियो ।

तर, केही समय अगाडि पौडेल र कोइराला समूहको नेताहरुको सामुहिक उम्मेदवारीको पोष्टर सामाजिक सञ्जालमा सार्वजनिक भयो । यसमा पूर्व सभापति विष्णुकुमार राईलाई सभापतिको प्रत्यासी बनाएको फोटो थियो ।

पोस्टरमा विष्णु राईलाई सभापति, इवन राई, तीर्थ भट्टराई उपसभापति भनिएको छ । यस्तै सुमनवावु आचार्य र समिर राईलाई सचिव पदमा विजयी गराउन आग्रह छ । त्यसबेला यो फोटो आधिकारिक नभएको भन्दै नेता विष्णु राईले सामाजिक सञ्जालमा प्रतिकृया दिएका थिए ।

काँग्रेसको स्रोतका अनुसार तर, लगभग उम्मेदवारी यसैमा सहमत हुने एउटा बलियो आधारमा छलफल भएको बुझिएको छ भने, यता अर्को समूहमा देउवा पक्षको सर्वधन राईले दिक्तेल बजारमा एक होटलमा उम्मेदवारी घोषणा गरेका छन् । उता सिटौलाको समूहबा भूपेन्द्र राईले केही दिनभित्र उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ ।

यसरी हेर्दा खोटाङ जिल्लामा अहिले काँग्रेस जिल्ला अधिवेशनमा तीन समूहको उम्मेदवारी पर्ने जस्तो देखिन्छ । तर, प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई भने यो कुरा स्वीकार्दैनन् । निर्वाचन निश्चित हो तर, दुईवटा प्यानलको मात्र निर्वाचन हुनेकुरामा चौलागाई ढुक्क छन् ।

अहिले जिल्लामा देखिएको काँग्रेसमा राजनीतिमा देउवा सिटौला समूह भर्सेज पौडेल कोइरालाको समूह हुनेमा पक्का जस्तै छ । यसमा पालिका र वडा अधिवेशनहरुबाट आएका क्षेत्रीय प्रतिनिहरुको भूमिकाले प्रभाव पार्दछ ।

अहिले काँग्रेसको जिल्ला अधिवेशनमा प्रदेश क, बाट ७०३ र ख, बाट ७०३ गरि जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिहरुको सहभागिता हुनेछ । यसमध्ये नेपाली काँग्रेसको विधान अनुसार जम्मा मतदाता संख्याको ५१ प्रतिशत मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ । यो भनेको ७१८ जना हो । जम्मा ७१८ मत ल्याउन सकेमा जिल्ला सभापति हुन पाइने अवस्थामा कसले पार्टी सभापतिको बाजी मार्ने यसै भन्न सकिन्न ।

काँग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता कम रहेका छन् । कोइराला सिटौलाको मतदाताहरु बढी आएका छन् । गाउँ अधिवेशनहरुमै धेरै नेताहरु छेकिएका छन् । अङ्क गणितीय हिसाबले कोइराला र सिटौला पक्षले लगभग पाँच÷पाँच सयको हाराहारीमा आफ्ना प्रतिनिधिहरु छानिएर आएको दावि गर्छन् ।

उता देउवा र पौडेलको पक्षमा दुई÷दुई सयको हाराहारीमा मात्र मत रहेको छ । यसरी हेर्दा दुवैपक्षको पल्ला उस्तै उस्तै देखिन्छ । तर, अब उम्मेदवारीको कुरामा समेत मतदाताहरुले विचार गर्ने एक प्रतिनिधिले सुनाए । जुन समूहबाट निर्वाचित भएर आएको भएपनि जिल्ला नेतृत्वमा व्यक्ति हेरिन्छ गुट हेरिन्न उनको भनाइ रहेको छ ।

अहिले सबै ठाउँबाट करीब ८० प्रतिशत प्रतिनिधिहरु युवा उमेरका आएका छन् । युवाहरुको चाहाना युवा नेतृत्व आवोस भन्ने रहेको पनि उनले सुनाए । उनले यति नाम नखोल्ने शर्तमा आफू कोइराला समूहबाट जितेर आएपनि अबको आवश्यकता युवाहरुको हो भन्नसम्म भ्याएका छन् ।

हुनपनि अहिलेको प्रतिनिधिका रुपमा आएका युवाहरुको जमात हेर्दा यो पनि सहि नै लाग्यो । यसमा युवाले के गर्लान ? उसो त अहिले एउटा समूहको नेतृत्व गर्ने भनेर तयारीका साथ दौडधुपमा रहेका विष्णुकुमार राई जिल्ला नेतृत्वको २० अगाडि देखिका नेता हुन् ।

एक कार्यकाल कार्यबाहक सभापति दुई कार्यकाल निर्वाचित सभापति र एक कार्यकाला छाँया सभापतिका रुपमा उनले जिल्लामा काँग्रेस राजनीति गरिसकेका छन् । उनको यो लामो यात्रामा खोटाङ काँग्रेसले खास प्रगति नगरेको पनि यर्थात छ । उनको नेतृत्वमा काँग्रेसले तीनवटा निर्वाचन फेस गरेको छ ।

२०६४ र २०७० सालको संविधानसभाको निर्वाचन र २०७४ सालको निर्वाचनहरुमा काँग्रेसले कुनै चुनावमा सफलता पाएन । यसका कारणहरु पनि प्रशस्त छन् । २०७० सालमा नरेश श्रेष्ठले जितिसकेको निर्वाचन पार्टीकै अर्का नेताले अन्तरघात गरेर हराएको इतिहास काँग्रेस राजनीतिमा ज्युँदै छ । यस पटक उनै कोइराला समूहका नेता पाखरेलसँग विष्णु, नरेशको सहकार्य छ । यसमा पोखरेलको कति भर पर्ने हो ?

आन्तरिक सोझो राजनीतिमा लागेका राई फेरिपनि सभापतिमा दाबी गर्नु व्यक्तिगत रुपमा हेब्बी वेटका उम्मेदवार होलान् तर, उनलाई राजनीतिमा यसले सकरात्मक सन्देश भने नदिने केही तर्कहरु छन् । काँग्रेस स्रोतकै आधारमा भन्ने हो राईले केन्द्रीय सदस्यमा दाबी राख्ने हैसियतमा छन् । तर, उनलाई फेरी खुरापात गरेर अलमलाउन खोजिएको हो ।

उनी आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यको बलियो दावेदार थिए । तर, उनलाई छेक्न फसाइदैछ । यता सभापतिमा सहकार्य गरेका समूहका नेता सुवास पोखरेल यस खेलका खेलाडी हुन सक्ने आँकलन काँग्रेस बृतमा चर्चा छ ।

उनीपनि भावी केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यका दावेदार हुन् । उनले विष्णु राई नछेके उनको उम्मेदवारी कमजोर हुने आँकलन उनको रहेकाले विष्णु राईलाई छेकिएको पनि त हुन सक्छ ? जिल्लामा पनि हराउने र केन्द्रमा पनि जान नदिने खेलमा परेका त होइनन् ? शंका गर्ने ठाउँ त छ नी हैन र ?

यता देउवा समूहको उम्मेदवार सर्वधन राईको दावेदारीलाई पनि उस्तै नजरले हेरिने गरेको पाइन्छ । खास गरेर २०५६ सालको आम निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव जितेका राईले जिल्लाको राजनीतिमा जमाउन नसकेको गुनासो सुनिन्छ । उनी काठमाडौँमै बस्ने जिल्लामा कमै आउने नेतामा पर्छन् । कुनै समय सुवास पोखरेल गाउँमै रोक्न कोशिस गरेका उनी तत्कालीन समयमा पर्यटन राज्यमन्त्रीको हैसियतमा समेत पुगेका थिए ।

अर्का उम्मेदवारीका तयारीमा लागेका तर, अघोषित हिसाबले योजना विस्तारमा लागेका भूपेन्द्र राई पनि कम छैनन् । राजनीतिमा सदावहार कडा लाइनमा रहेका उनी सिटौला समूहमा छन् । यस पटक क्षेत्र नम्बर २ मा सबै ठाउँ रणनीतिक हिसाबले खेलिरहेका उनलाई काँग्रेसमा विद्रोही र कडा लाइनका रुपमा हेरिन्छ ।

पार्टी बाहिर र पार्टीभित्र समेत उनले आफ्नो प्रतिपक्षलाई लडाउन सिपालु छन् । उनको चातु¥याइँले पार्टीलाई कति मजवुद बनाउला । आफ्नालाई मात्र काखी च्याप्ने बानीले उनलाई समेत काँग्रेस जमातलाई कसरी पत्याउँला ? हेर्न बाँकी छ । देख्न छिटै पाइने नै छ । सबैलाई सफलता मिलोस् शुभकामना !

 

तपाईको प्रतिक्रिया