प्यारागण बचत तथा ऋण सहकारीको वार्षिक कारोवार रु साँढे दुई करोड

Halesi Khabar

दिक्तेल, १३ कातिक । प्यारागण बचत तथा ऋण सहकारी संस्था लिमिटेढको वार्षिक कारोवार रु दुई कोरोड, ४३ लाख, १७ हजार, ८६ पैसाको भएको छ । सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को आय विवरण, नगद प्रवाह र वित्तीय विवरण पास गर्न आयोजित साधरणसभामा उक्त कारोवार भएको पाइएको हो ।

विशेष शेयर र साधरण शेयर गरेर जम्मा ४०२ शेयर सदस्य रहेको सहकारी संस्थाले यस आर्थिक वर्ष रु तीन लाख, ७५ हजार, ८५७ नाफा कमाएको जनाइएको छ । कुल शेयर पुँजी ५३ लाख ४० हजार रहेको सहकारीले आर्थिक कारोवार तथा कर्जा प्रवाह गर्दै आएको र यसबाट नाफा भएको प्रतिवेदनमा उल्लेख छ ।

दिक्तेल बजारस्थित पुरानो वेशक्याम्पमा सञ्चालित सहकारीको साधरणसभामा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपप्रमुख सपना राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ वडाध्यक्ष टंक आचार्य लगायतको उपस्थिति रहेको थियो ।

दिक्तेलस्थित कार्यालयमा आयोजित साधारणसभाले सहकारीको नीति तथा कार्यक्रमसमेत पास गरेको व्यवस्थापक युवक राईले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सहकारीले लक्षित उद्देश्य हाँसिल गर्न नसकेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया