गण्डकीमा मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

Halesi Khabar

पोखरा, २५ असोज । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

मन्त्री नियुक्त भए पनि उहाँको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बन्नुभएको थियो ।

उहाँलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो । मन्त्री विश्वकर्मालाई केही दिनमै मन्त्रालयको जिम्मेवारी दिइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया