ज्योति लाइफले गुमेको छोराका याद ताजा बनायो : कमलराज राई

Halesi Khabar

हलेसी खबर
असोज २४ आईतबार । हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङका कमलराज राईलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले चारलाख १२ हजार रुपैया विमाको रकम उपलब्त्र गराएको छ । मृत्यु भईसकेको छोरा सरोजको शोकबाट उक्सदै गरेका राईलाई ज्योति लाईफले उनको घरमै पुगेर विमाको नियम अनुसारको रकमको चेक प्रदान गरेको हो ।

छोराले विमा गरेको थाहा पाएका राईलाई विमा कम्पनीको उपशाखा दिक्तेलका प्रमुख अरुण राई र नगरपालिका उप प्रमुख विमला राईले चेक दिदाँ भावुक बनेका थिए । उनले खाटा बसिसकेको घाउलाई फेरी सम्झाउने काम भएको भन्दै छोराको स्मरण गरे । उनले पाहुनाहरुलाई धन्यवाद दिए । उनको दिलमा अधै दर्द भरिएकै छ भन्ने देखिन्थ्यो ।

गएको जेठ ३० गते रुख काट्ने क्रममा अर्को रुखले किचेर सरोज राईको मृत्यु भएको थियो । सरोजले ज्योति लाईफ इन्स्योरेन्स कम्पनिको सुरक्षित बचत जीवन विमा योजना अन्तर्गतको दुई लाख रुपैयाको बीमा गरेका थिए । उनले विमा शुरु गरेपछि कम्पनीमा २ किस्ताको रकम समेत जम्मा गरिसकेका कम्पनीले जनाएको छ । ज्योति लाईफको कार्यक्रम अनुसार दुर्घटना विमा अन्तर्गत विमाङकको दोब्बर रकम प्रदान गर्ने नियम छ । त्यहि अनुसार कम्पनीले कमलराज लाई चार लाख रुपैया र बोनस बापत १२ हजार अन्ठाउन्न रुपैया प्रदान गरिएको हो ।

कम्पनीको उपशाखा दिक्तेलले आफ्ना बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको जनाएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि मृतकका बाबु कमलराज राई रकम नगरपालिकाका उप प्रमुख बिमला राई मार्फत हस्तान्तरण गरिएको कम्पनी उपशाखा प्रमुख राईले जनाएका छन् ।

चेक हस्तान्तरण गर्दै उप प्रमुख राईले विमाले मृत्युबाट फर्काउन नसके पनि मृतक परिवारलाई राहत दिने गरेको बताएकी छन् । मृतकको घर आँगन मै पुगेर दाबि भुक्तानी गरेर ज्योति लाइफले सराहनीय काम गरेको भन्दै उप प्रमुख राईले ज्योति लाइफ इन्स्योरेन्सको प्रशंसा गरेकी छन् । उनले दाबि भुक्तानीमा सरल तथा बढी घातक रोगको रक्षावरणका कारण अन्य विमा कम्पनीहरु भन्दा ज्योती लाईफ अब्बल रहेको तथा आफुलाई समेत मनपर्ने गरेको बताईन् ।

तपाईको प्रतिक्रिया