खोटाङमा घरको बरण्डाबाट लडेर घाईते महिलाको मृत्यु

maiya

खोटाङ, १८ असोज । खोटाङमा गए राती आफ्नै घरको बरण्डाबाट लडेर गम्भिर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ्की ६० वर्षीय कमला राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आइतबार राती ८ बजे आफ्नै घरको बरण्डाबाट लडेर कमला गम्भीर घाईते भएकी थिइन् । सोमबार मृतक कमलाको शव जिल्ला अस्पतालमा परीक्षण गरेपछि दाहसँस्कारका लागि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको निरीक्षक साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया