भारतबाट दश लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै

maiya

काठमाडौं । दशैं अघिनै भारतबाट दश लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने भएको हो ।

नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपालमा चीनबाट आयातित भेरोसेल, भारतीय खोप कोभिसिल्ड र अमेरिकन खोप जोनसन एण्ड जोनसन प्रयोगमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया