बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी बजारमा बिक्री बितण शुरु

maiya

लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण शुरु गरिने भएको छ। नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ। बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन्।

उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले बताउनुभयो। ‘शुद्ध कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको हो । निर्देशक राईले भन्नुभयो, “लोकप्रिय कोदोको रक्सीलाई हामिले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरेका छौँ।”  तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको बताइएको छ। ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको निर्देशक राईले बताउनुभयो। उहाँले भन्नुभयो, “प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको छ।”

 

उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता हुनुहुन्छ। विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ। उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताउनुभयो। कम्पनीका अनुसार ‘यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँने छ भने ‘यो रक्सीले नेपाल र नेपालीहरुको पनि झल्को दिनेछ, वेलायतमा नेपालीत्व प्रर्वद्धन समेत हुने विश्वास राखिएको छ।’


१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा रक्सीको औपचारिक रुपमा उदघाटन गर्न लागिएको हो। हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ। यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाइ छ। कम्पनीमा आवद्ध युवाहरु बेलायतमा यसअघि नै ग्लोबल बुलियन भल्ट नामक लकर सुविधा तथा अन्य व्यावसायहरुमा पनि उनीहरुको आवद्धता रहेको छ ।

तपाईको प्रतिक्रिया