विश्वव्यापी आकाशियो खाद्यान्न मूल्य

maiya

एजेन्सी । विश्वव्यापी रुपमा यस वर्षको सेप्टेम्वरमा खाद्यान्नको मूल्य बढेको छ । गत वर्षको तुलनामा खाद्यान्नमा ३३ प्रतिशतले बढेको राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजनिक गरेको खाद्यन्न मूल्य सूचांकले देखाएको हो । त्यस्तै, जुलाईमा संसारभर ३ प्रतिशतले खाद्यन्नको मूल्य बढेको पनि एफएओले जनाएको छ ।

खपतका आधारमा एफएओले हरेक महिना चामल, तेल, गेडागुडी, मासु, चिनीलगायतका खाद्य सामाग्रीको मूल्य सूचांक तयार गर्छ ।

आम्दानीको तुलनामा बस्तु तथा सेवाको मुल्य चाँडो बढिरहेको एफएओले जनाएको छ । ढुवानी खर्च, बिचौलिया, अनियमितता, मौसम कोभिडलगायतका कारणले खाद्यान्नको मूल्य बढेको हो ।

मुल्यबृद्धिका कारण हरेक वर्ष अन्तर्राष्ट्रिय बजारमा सामान किन्न कठिनाई भएको बताइएको छ । राष्ट्रसंघले सन् १९६१ देखि खाद्य मूल्यको सूचांक तयार गर्न थालेको हो ।
न्यूज २४ नेपाल

तपाईको प्रतिक्रिया