हलेसी तुवाचुङ नगरपालिकामा एमालेको अधिवेशन आयोजक समिति गठन

Halesi Khabar

खोटाङ, ९ असोज । नेकपा एमालेले हलेसी तुवाचुङ नगर अधिवेशन आयोजक समिति गठन गरेको छ । शनिबार सम्पन्न बैठकले खडेन्द्र राईको संयोजकत्वमा १०१ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

एमाले विशेष प्रदेश समिति सदस्य एवम् नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्यीय सचिवालय गठन गरेको जनाइएको छ । बैठकबाट आगामी असोज मसान्तभित्र वडा अधिवेशन आयोजक समिति निर्माण गर्ने निर्णय गरिएको एमाले नगर समितिले जनाएको छ ।

नगरपालिकाका ११ वडामा सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका लागि ११ वटै टोली गठन गरिएको छ । कार्यक्रममा एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिवालय सदस्य सरेन्द्रकुमार राई, सम्मरबहादुर भुजेल, युवा सङ्घका केन्द्रीय उपमहासचिव रमेश तिवारी, केन्द्रीय सचिवालय सदस्य रसकुमार राई, अनेरास्ववियुका केन्द्रीय सदस्य अनिष कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया