नेकपा (एकीकृत समाजवादी) खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा अर्जुनभक्त राई

Halesi Khabar

खोटाङ, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको खोटाङ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । काठमाडौँको कोटेश्वरमा शनिबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को भेलाले अर्जुनभक्त राईको अध्यक्षतामा ४५ सदस्यीय खोटाङ–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको हो ।

सम्पर्क मञ्चको उपाध्यक्षमा रविन राई, शान्ति गुरुङ र प्रदीप राजभण्डारी, सचिवमा प्रकाश लुइटेल, उपसचिवमा उत्तम पौडेल र राजकुमार राई, कोषाध्यक्षमा सन्तोष दाहाल र सह–कोषाध्यक्षमा लक्ष्मी गुरुङ चयन हुनुभएको छ । निर्वाचित मञ्चका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय महासचिव डा. बेदुराम भुषालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका जिल्ला सचिवालय सदस्य एव्म युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)ले शनिबार सम्पर्क मञ्चको नेतृत्व चयन तथा नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा केन्द्रीय सचिव राजेन्द्र राई, पोलिटब्यूरो सदस्य एवम् सम्पर्क समन्वय समितिका इन्चार्ज विजय गुरुङ, प्रस्तावित केन्द्रीय सदस्य एवम् सम्पर्क समन्वय समितिका सदस्य वीरबलकाजी राई, तारानाथ दाहाल, खोटाङका जिल्ला अध्यक्ष बबि चाम्लिङ लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया