पछिल्लो २४ घण्टामा १५८९ जना कोरोनामुक्त भए, १९ को मृत्यु

maiya

काठमान्डौ,२९ भदौ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ६५ हजार ०२४ जनाको पीसीआर-एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया