माधव नेपाललाई बोलाएको बैठकमा हामी जाँदै-जाँदैनौँ : विशाल भट्टराई

maiya

काठमान्डौ,२८ भदौ । नेकपा (एमाले)ले माधवकुमार नेपाललाई बोलाएको बैठकमा नजाने बताएको छ । नेकपा (एमाले)बाट संसद पटक-पटक अवरोध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलिय बैठक आजै दिउँसो बस्नेगरी आह्वान गर्नुभएको थियो । तर एमालले भने नेकपा (एकीकृत समाजवादीका) अध्यक्षसमेत रहेका नेपाललाई बोलाइएको बैठकमा नजाने प्रतिकृया आएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालय स्रोतका अनुसार सोमबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरि बैठकमा उपस्थित नहुने बताएका थिए ।

टेलिफोन संवादका क्रममा सचेतक भट्टराईले सभामुख सापकोटालाई बैठकमा को-को सहभागी हुँदै छन् ? भनेर प्रश्न गरेका थिए। सो क्रममा सभामुखले नेता नेपालसहित संसदमा नेतृत्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाएको भनेर जानकारी दिएका थिए ।

त्यसक्रममा भट्टराईले माधव नेपाललाई बोलाएको बैठक नजाने बताएका थिए ।

‘एमाले र माधव नेपालको विवाद हो,’ उनले भनेका थिएर्, दुनियाँलाई बोलाएर समस्याको निकास हुँदैन । हामी यो बैठकको बहिस्कार गर्छौँ।’

त्यस्तैगरी सचेतक भट्टराईले एमालेले तत्कालीन आफ्ना १४ सांसदहरुलाई गरेको कारवाहीको सुचना टाँस गर्न पनि सभामुखलाई आग्रह गरेका थिए । त्यति नगरे मार्ग प्रशस्त गर्न सभामुखलाई उने आग्रह गरेको बताइएको छ ।न्यूज २४ नेपाल

तपाईको प्रतिक्रिया