बैठक र भ्रमण खर्चमा १० प्रतिशत कटौती गर्ने अर्थमन्त्रीको घोषणा

Halesi Khabar

काठमाडौँ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८÷८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुहुँदै उहाँले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताउनुभएको हो ।

यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । उहाँले हालसम्म रु एक करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र तीन करोड खोप भित्रिने क्रममा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया