अधिवक्ता घिमिरेद्धारा जन्मदिनको अवसर पारेर ल फर्म सञ्चालन

Halesi Khabar

खोटाङ, २४ भदौ । अधिवक्ता ओमप्रकाश घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर ‘ल फर्म’ सञ्चालनमा ल्याउनुभएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१४ बुइपाका अधिवक्ता घिमिरेले दिक्तेलस्थित अस्पताल चोकमा ‘कान्ति ल फर्म’ सञ्चालनमा ल्याउनुभएको हो ।

अधिवक्ता घिमिरेले श्रीमती कान्ति श्रेष्ठको नाममा स्थापना गर्नुभएको ल फर्म बिहीबार संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ ले उद्घाटन गर्नुभयो । केही समय अघि स्थापना गरिएको ल फर्म आफ्नो २९ आँै जन्मदिनको अवसर पारेर उद्घाटन गरिएको फर्मका प्रोपाईटर एवम् अधिवक्ता घिमिरेले जानकारी दिनुभयो ।

ल फर्म उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य एवम् १ नं. प्रदेशका पूर्व सामाजिक विकासमन्त्री उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, जनता समाजवादी पार्टीका नेता सुर्यबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, कानून व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । फर्म उद्घाटन गर्नुहुँदै नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहनुभएका संविधानसभा सदस्य राईले अन्ययमा परेका जिल्लाबासीलाई सत्य, तथ्य र निष्पक्षरुपमा कानूनी सहयोग गर्न अधिवक्ता घिमिरेलाई आग्रह गर्नुभयो ।

समाजशास्त्र, राजनीतिकशास्त्र र नेपाली विषयमा स्नातकोत्तर गर्नुभएका अधिवक्ता धिमिरेले कानूनमा स्नातक गर्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा घिमिरेसँगै छजना वकिल क्रियाशील रहेका छन् ।

तपाईको प्रतिक्रिया