भोलि बस्ने संघीय संसदको बैठकका लागि यस्तो छ पूर्व तयारी

Halesi Khabar

काठमाडौँ, २२ भदौ । बुधबार अपराह्न ४ बजे संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । साथै यो पटक संसद बैठक बस्नुअघि कोरोना परिक्षण भने नगरिने भएको छ ।

सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने प्रवक्ता पाण्डेले बताउनसभयो । संसद बैठकको संभावित कार्यसूची तय गर्नका लागि बैठक बस्दै गरेको उनको भनाइ छ ।

गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले बुधबारका लागि संघीय संसद बैठक आह्वान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया