संखुवासभा : मादीमा एकै परिवारका ६ सदस्यको हत्या

maiya

काठमान्डौ, २१भदौ । संखुवासभामा एकै परिवारका ६ सदस्यको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका – १ का तेजबहादुर कार्कीको परिवारका ६ सदस्यहरुको ह-त्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

स्थानीयले सोमबार बिहान घरको वरिपरि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या भएकाहरुमा पार्वता कार्की (तेजबहादुरकी आमा), श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्की रहेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनाको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि सदरमुकाम खाँदबारीबाट प्रमुख प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया