मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस

maiya

 

काठमाडौं,११ भदौ । नेपाल बक्सिङ्ग संघको आयोजनामा साताव्यापि विविध कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ ।

आज अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा पाँचवटा बक्सिङ्ग शो म्याचहरुको आयोजना गरिएको थियो ।

जस अन्तर्गत ६७ किलो तौल समुहा शनिल शाही र भुपेन्द्र थापा, ५२ किलो तौल समुहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ किलो शुस्मा तामाङ्ग र माला राई, ६९ किलो तौल संगिता सुनवार र सरस्वति रानामगर तथा ६० किलो तौल आभास प्रताप शाह र रोशन अछामी बीच प्रदर्शनात्मक बक्सिङ्ग प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रदर्शनी खेल भएकोले दुईवटै सहभागीहरुलाई विजयी घोषित गरी सहभागि सम्पूणर् खेलाडहिरुलाई खादा, नगद तथा एक अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको टिशर्ट उपहारस्वरुप प्रदान गरिएको थियो ।

त्यसैगरी ‘बक्सिङ्ग फर कज’ अन्तर्गत आज अनाथालयहरुमा गई बक्सिङ्ग खेलाडी तथा बक्सिङ्ग प्रेमीहरुले अनाथहरुका बीचमा गई स्वास्थ्य उपकरणहरु मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरु हस्तान्तरणका साथै बक्सिङ्ग सम्बन्धि ज्ञान पनि प्रदान गरीएको बक्सिङ्गको ज्ञान प्रदान गरिएको थियो ।

 

यसै क्रममा साताव्यापी कार्यक्रमहरु सञ्चालनकै क्रममा सातदोबाटोस्थितपरिषरमा सम्पुणर् बक्सिङ्ग खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा संघकापदाधिकारीहरुले परिषरमा सरसफाई गरेका थिए ।

यसैअन्तर्गत नेपाल बक्सिङ्ग संघ अन्तर्गतका ४० वटा जिल्लाहरुका पदाधिकारी एवं खेलाडी, प्रशिक्षकहरुद्वारा अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्ष्यमा २० देखि ४० सेकेण्डसम्मको सेडो बक्सिङ्ग प्रतियोगितामा पनि सहभागिता जनाइएको थियो ।

 

नेपाल बक्सिङ्ग संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य श्री राम अवालेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोईराला, नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि.क. नेपाल बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, नेपाल बक्सिङ्ग संघका केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा सिनेकर्मी प्रदिप बास्तोला, बक्सिङ्ग च्याम्पियनहरु विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया